हिन्दु धर्म र यसका २५ बिशेषताहरु - Narendra Sharad

Recent

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, July 27, 2020

हिन्दु धर्म र यसका २५ बिशेषताहरु

Most Interesting Facts About Hinduism You May Not Know

 

हिन्दुसहरु हिन्दु कसरी भए ?

पर्सियनहरु अर्थात अहिलेको ईरान भएका ठाँउमा बस्ने हरुले सिन्धु अर्थात ईन्दु खोलाको पारी बस्ने अनि सनातन सस्कार भएका व्यक्तिहरुलाई हिन्दु भनिएको पाइन्छ अझ भनौ हिन्दु शब्द प्रयोग गरिएको पाइन्छ । ईन्डिका भन्ने शब्द चाँही ग्रीक हरुले भारतीय उपमहाद्धीपलाई जनाउन प्रयोग गरेको पाइन्छ ।


यो पनि हेर्नुहोस् : स्वर्गीय उनीको जिवीत कथा

भारतीय उपमहाद्धीपको नामाकरण र हिन्दु शब्दको आसन्न समबन्ध छ । ईन्डियालाई ईन्दुस खोलाको नामको आधारमा नामाकरण गरियो, पहिले ग्रीकहरुले प्रयोग गरेको ईन्डिका शब्दलाई पर्सियनहरुले पनि प्रयोग गरे ।  पुरानो पर्सियन भाषामा "स" शब्दको उच्चारण "ह" जस्तो गरि समान हुन्थ्यो र त्यसै अनुरुप ईन्दुस सिन्धुस अनि हिन्दुस हुन गएको हो ।  आज हिन्दुत्वलाई धर्म अनि संस्कारको मात्र सिमामा राख्नेहरुलाई जानकारी गराउन चाहयौं कि हिन्दु शब्द आँफैमा धर्म या सस्कृती मात्र नभई भौगोलिक सिमाको सम्बोधन हो ।

संस्कृतमा पनि सिन्धुको अर्थ खोला या नदि भन्ने हुन्छ । अब सानो तथ्य उक्काउन चाह्यौं, चारै वेद या उपनीषधमा पनि कहिँ कतै हिन्दु शब्द या धर्मको उल्लेख गरिएको पाइन्न । आठौं शताव्दीका गुरु शकंराचार्यको भनाई अनि पुस्तकहरुमा पनि कहिँ कतै हिन्दु शव्द या धर्मको उल्लेख पाइन्न ।  पछि आएर १२ औं शताव्दी पछिका मात्र लेखमा केही शब् लगायतका अध्यात्मिक श्लोक र कविताहरुमा हिन्दु शब्द उल्लेख भएको पाइन्छ ।

केही सनातन दर्शनका अध्यात्मिक हाँगाहरु जस्तै बैष्णव, शक्त, महायना, बज्रयना, अदबैता आदिमा पनि कहिँ कतै हिन्दु शब्द बर्णन भएको पाइन्न ।  ११ औं शताव्दीका दिल्लीका सुल्तानले जारी गरेका तारिख अल हिन्द दस्तावेजका अनुसार भारतीय उपमहाद्धीप भित्रका सम्पूर्ण गैर ईस्लामिक जनसख्याँलाई जनाउन हिन्दु शब्द प्रयोग गरेको प्रथम दस्तावेज भेटिन्छ । सुस्तरि हिन्दु शब्दको प्रयोग हुन थाल्यो, १६ औं देखि १८ औं शताव्दी बिचमा बंगाली बैष्णव गौडियाहरुले आफुलाई बिदेशीबाट अलग्गै राख्न हिन्दु शब्द प्रयोग गरेको पाइन्छ । क्रमशं १२ औं शताव्दीपछि हिन्दु शब्दको प्रयोग बढ्दै गएको पाइन्छ, पछि गएर बेलायती उपनीवेशवादीहरुले बिभेद अनुरुप शाषन गर्ने रणनिती अनुसार हिन्दु, मुलमान, पर्सियन आर्यन लगायतका शब्दहरु र बिभेदमा प्रश्रय दिएको पाइन्छ ।

तर यथार्थमा हिन्दु भनेको कुनै एउटा धर्म या संस्कारमात्र नभईकन धेरै सस्कार दर्शन अनि सभ्यताको मिश्रण भन्ने हो । भौगोलिक रुपमा सम्बोधन गर्न प्रयोग गरिएको यो शव्दभित्र मुसलमान, बौद्ध, जैन लगायतका धेरै धर्म या परम्परा पनि अटाँउदछ । हिन्दु स्वयममा पनि कुनै अलग्गै धर्म हैन भनेर बुझन अनि बुझाउन जरुरी छ, सनातन धर्मलाई हिन्दु धर्मका रुपमा बुझ्नु सिमीत ज्ञान मात्र हुनसक्दछ ।

मुख्य एतिहासिक घटनाहरुलाई यहाँ सुचीबद्ध गर्न चाहयौं ।

ईशापूर्व २०००, ईन्दु उपत्यका सभ्यताको शुरुवात
१५०० देखि ५०० ईशापूर्व, वैदिक परम्पराको काल
ईशापूर्व ५०० देखि सन् ५००, पौराणीक काल
सन् ५०० देखि सन् १५००, मध्यकालिन काल
सन् १५०० देखि १७५७, पूर्व आधुनिक काल
सन् १७५७ देखि १९४७, बेलायती उपनीवेश
सन् १९५७ देखि हालसम्म, प्रजातान्त्रीक र आधुनिक काल

इतिहासको एक झलक
आजको पाकिस्तान भएको ठाँउवाट बग्ने ईन्दु उपत्यकाको सभ्यतामा दुईवटा ठूला शहरहरु मोहेनोजारो र हरप्पन थिए । ति शहरहरुमा पानीको राम्रो प्रवाह, फोहोर फाल्ने प्रणाली लगायत अन्य धेरै बिकासगत संरचना थिए ।  कृषी मुख्य पेशा रहेको यी शहर अनि आसन्न ठाँउहरुमा सामुहीक अन्न भण्डारणको सुबिधा पनि थिए ।  ईरानी शहरहरुसंग पनि यो सभ्यता जोडिएको थियो भने आजपनि यो सभ्यताका धेरै ठाँउहरु उत्खनन गर्न बाँकी छ ।

धर्म र भाषाका हिसाबले ईन्दुस उपत्यकाको इतिहास थाहा पाउन सकिएको छैन तथापि नदिमा स्नान गर्ने, ध्यान गर्ने अनि दानपुण्य गर्ने चलन भने रहेको पुष्टि हुन्छ । जनावर वलीको परम्परा पनि रहेको पुष्टि भएको अध्ययनहरुले देखाँउदछ ।
त्यपछि क्रमशः साहित्य अनि भाषामा अत्यन्त महत्व बोकेको काल पौराणीक काल शुरुवात भयो । मन्दिर अनि पुजा गर्ने चलनमा धेरै बढोत्तरी हुँदै आयो भने महाभारत, रामायण लगायतका ग्रन्थहरु पनि यहि कालखण्डमा कथिए । सस्कृत भाषामा कथिएका यि ग्रन्थहरु आज पनि सनातन सस्कार मात्र नभई हिन्दु परिवारमा अधिकांशलाई मुखाग्रे छ ।

त्यसपछि मध्यकालिन समयमा बिशालकाय मन्दिर अनि सास्कृतीक सम्पदाहरुको बिकास भएको पाइन्छ, भारत उडिसाको जगन्नाथपुरी लगायत सिदमबरमको शिव मन्दिर लगायत थुप्रै राजनैतिक अनि धार्मीक आस्थाका केन्द्रहरु स्थापित भएको पाइन्छ ।

यसैक्रममा आचार्य अनि गुरुहरु लगायतका चिन्तकहरुको चिन्तन, दर्शन अनि बिचारहरु लिपीबद्ध हुन थालेको पाइन्छ । प्रथम शकंराचार्यको पनि यसै कालमा प्रार्दुभाव भएको हो, उतिबेला अत्यन्तै बाहुल्यता बढेको जैनिस्म र बौद्धमार्ग पन्छाँउदै शंकराचार्यले सनातन सस्कारको पूर्नस्थापना गराउनमा ठुलो श्रेर्य दिइएको छ ।

पूर्व आधुनिक कालमा मुसलमान शाषकहरुले आक्रमण गरेर साम्राज्य बिस्तार गरेको उदहारण छ । टर्कीका सुल्तान संगको पराजय पछि नै मुसमान शाषकहरुको बाक्लो उपस्थिती बढेकोमा मुगल साम्राज्यको शुरुवात पछि झनै बढेको पाइन्छ ।

उतिवेला अचम्मसंगले ईस्लामीक आधार अनि भक्ति दर्शन र योगालाई एउटै सुत्रमा बाँधिएको पनि थियो । उतिबेलाका मीराबाई, दादु, सुरदास, ओमर खयाम लगायतका थुप्रै लेखक अनि कवीहरुको सनातन र ईस्लाम मिश्रीत काव्य रसहरु अझै हामीले पढ्दै अनि गाँउदै आएका छौं ।  सन् १७५७ पछि बेलायती उपनीवेशले गाँजेको भारतीय उपमहाद्धीपको अहिलेको अफगानीस्तानको सीमादेखि पाकिस्तान, बंलगादेश, म्यानमार लगायत नेपाल बाहेक सबै ठाँउमा शाषन थियो । ईस्ट ईन्डिया कम्पनीले शुरुमा धर्मम खासै वास्ता नदेखाएपनि क्रमशः ईसाई धर्म प्रचारका लागि मिसिनेरीको प्रवेश गराए लगत्तै हिन्दु लगायत अन्य धर्म बीचको सहिष्णुता बिग्रिएको पाइन्छ ।

क्रमशः स्वामी बिवेकानन्द लगायतका धेरै सनातन पूर्नव्याख्याकारहरु हिन्दु शव्द अनि सनातन सभ्यताको पूर्नव्याख्यामा लागेपनि हिन्दु शब्दलाई धर्म या संस्कारसंग मात्र सकुंचीत हेर्ने चलन घटेको छैन् । यस आलेखमा पहिले पनि उल्लेख गरिनै सक्यौं कि हिन्दु भौगोलीक सम्बोधन हो र ईन्दु उपत्यकाका वासी सम्पूर्ण धर्म या सम्प्रदाय हिन्दु भित्र पर्दछन् ।

दशैं या तिहारमा पनि हिन्दुहरुको महान चाड भनेंर व्याख्या गर्दा हिन्दु शब्दले अन्य सम्प्रदायलाई पछि पारेको अनुभव हुन्छ ।  दशैं, तिहार, मुहर्रम, ईद, बख्रिद सम्पूर्ण हिन्दुहरुकै महान चाड हो ।  धर्मगत हिसाबमा भने सनातन दर्शनलाई सस्कारका आधारमा धर्म भनिएको हो, सनातन धर्म भन्न सकिन्छ तर हिन्दु केवल धर्म मात्र त कहाँ हुन्छ र ?

२५ विषेताहरु

१. हिन्दू धर्म थाहा भएसम्म सबैभन्दा पूरानो धर्म हो जसका कारण यसलाई सनातन धर्म पनि भनिँदै आएको छ । यसको उत्पति १० हजार वर्षअघि भएको थियो भने यसका साहित्यिक कृतिहरुलाई इसा पूर्व ७ हजारभन्दा अघि रचिएको मानिन्छ ।
२. हिन्दू धर्मलाई इसाई धर्म र मुस्लिम धर्मपछिको सबैभन्दा ठूलो धर्म मानिन्छ । विश्वभरि १४ प्रतिशत मानिसहरु हिन्दू धर्मावलम्बी रहेका छन् ।
३. योगा, प्रणायाम, ज्योतिषशास्त्र, अंकशास्त्र, हस्तरेखा विज्ञान तथा वास्तुशास्त्र जस्ता विज्ञान तथा शास्त्रहरु हिन्दू संस्कृति तथा जीवनपद्धतिबाट उत्पति भएका हुन् ।
४. संसारको सबैभन्दा ठूलो मन्दिर भारतमा होइन, कम्बोडियाको अंगकोरमा पर्दछ ।
५. नेपालको उत्पति हिन्दू ऋषि ने मुनीले गरेका हुन् भन्ने मिथ्य रहेको छ ।
६. हिन्दू धर्ममा, महिला र पुरुष दुवैलाई समान मानिन्छ । महिलालाई पनि भगवतीको रुपमा पूजा गर्ने चलन हुन्छ, जुन यस धर्मको मुख्य विशेषता पनि हो ।
७. हिन्दू धर्ममा आधारित मन्दिरहरुको वास्तुकला आकर्षक सज्जावट मात्र होइनन्, ऊर्जाको केन्द्र पनि हुन् र विशेष वैज्ञानिक महत्व राख्दछन् भन्ने कुरा प्रमाणित भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग हुने फलामदेखि निर्माणको ढाँचासम्मले पनि सकारात्मक ऊर्जा संचारित गर्दछ भन्ने कुरा प्रमाणित भइसकेको छ ।
८. आदर्श हिन्दू धर्मको चार मुख्य उद्देश्यहरु धर्म, अर्थ, कर्म तथा मोक्ष हुन् ।
९. “कर्म” शब्द राम्रो वा नराम्रो काम भन्ने अर्थ बुझाउने हिन्दू अवधारणाबाट आएको शब्द हो ।
१०. बौद्ध धर्मको उद्भव हिन्दू धर्मबाटै भएको मान्ने गरिन्छ । हिन्दू धर्मको विकल्पको रुपमा बौद्ध धर्मको सुरुवात भएको हो भन्ने मान्नेहरु पनि छन् । बौद्ध धर्म भारतबाट प्रचारित हुँदै एसियाभर पुगेको थियो ।
११. विश्वमा हरेक सात मानिसमध्ये एक हिन्दू भारतीय नागरिक पर्दछन् ।
१२. विश्वको प्रख्यात फोन कम्पनीका संस्थापक स्टिभ जब्स्ले फेसबुकका संस्थापक मार्क जुर्कबर्गलाई आन्तरिक शान्ति तथा आधात्यमिकता प्राप्तिका लागि भारतको उत्तराखण्डमा रहेको कैँची धाम मन्दिर घुम्न जान सुझाव दिएका थिए ।
१३. संसारको सबैभन्दा मूल्यवान धार्मिक संरचना भारतको केरलाको पद्यमनाभास्वामी मन्दिरलाई मानिन्छ । यो मन्दिरमा रहेको अत्याधिक बहुमूल्य आभूषणसहितको यस मन्दिरको सम्पत्तिको मूल्य २२ खर्ब ३० करोड रहेको छ ।
१४. भारतमा मात्र, १ लाख ८ हजार स्वीकृत मन्दिरहरु रहेका छन् ।
१५. हिन्दू धर्मका संस्थापकको यकिन छैन ।
१६. हिन्दू धर्म यस धर्मलाई जनाउने वास्तविक शब्द भने होइन । यसको वास्तविक नाम सनातन धर्म नै हो, जसको अर्थ “अनन्त धर्म” वा “अनन्त सत्य” हो भन्ने गरिन्छ ।
१७. हिन्दू शब्दको उद्गम “सिन्धु खोला”बाट भएको मानिन्छ ।
१८. १२ वर्षमा एक पटक मात्र हुने हिन्दूहरुको पर्व, “कुम्भमेला”लाई संसारकै सबैभन्दा ठूलो मानव भेलाको पर्वको रुपमा चिनिन्छ ।
१९. नेपाल र भारतमा महिलाहरुले लगाउने वस्त्र, सारीको उत्पति इसा पूर्व २००० अघिबाट नै सिंधु उपत्यकाबाट भएको हो ।
२०. हिन्दू धर्मका केही प्रभाव तथा अवधारणाहरु शिख धर्म तथा जैन धर्ममा पनि रहेको छ ।
२१. १०८ लाई हिन्दू धर्ममा पवित्र अंक मानिन्छ । यही अंक बौद्ध, शिख तथा जैन धर्ममा पनि पवित्र मानिन्छ ।
२२. ऋगवेदलाई थाहा भएको मध्ये संसारकै सबैभन्दा पुरानो किताब मानिन्छ र यसको अस्तित्व इसा पूर्व ७००० वर्ष अघिबाट रहेको बताइन्छ ।
२३. हिन्दू धर्मको कामसूत्रको ग्रन्थमा आधारित किताब संसारमा सबैभन्दा बढी विक्रि हुने किताबमध्ये एक हो ।
२४. वेद तथा हिन्दू धर्मका अन्य पाठहरु हजारौँ वर्षसम्म बिना कुनै कागज संरक्षित गरिएको थियो । यी पाठहरु एक पुस्ताबाट अर्को पुस्तामा मन्त्रोच्चारण र स्मृतिको सहयोगमा हस्तान्तरित हुन्थे ।
२५. सिंगापुर हिन्दू धर्मको वास्तुको आधारमा निर्माण भएको सहर हो । यसलाई संसारभरका आधुनिक वास्तुनिर्माताले प्रशंसा गर्ने गर्दछन् भने यही रेखाचित्रको अनुसरण गर्ने मानिसहरु पनि छन् ।
प्रस्तुत लेख इतिहास तथा पुरातन ज्ञान अध्ययनका उत्साही रमेश थापाद्वारा लिखित लेखको अनुवाद हो ।
#hamropatro baata liyiyako

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages